शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस कहाँ छ, कस्तो हुन्छ भोलिबाट देखाउँछौं : गगन थापा (भिडियो)

कांग्रेस कहाँ छ, कस्तो हुन्छ भोलिबाट देखाउँछौं : गगन थापा (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले माघ २१ गते कांग्रेसको को भन्‍ने  कुरा कम्युनिस्ट सरकारले थाह पाउने बताएका छन्।आइतबारको संसद बैठकमा बोल्दै थापाले भने,कांग्रेस कहाँ छ, कांग्रेस कस्तो छ भोलि नै थाहा हुनेछ।'

थापाले मनमोहन अधिकारीका लागि देख्‍न नपाएको दुई तिहाई सरकार मार्सीमोहनका लागि देख्‍ख पाएको बताए‘। उनले मनमोहनको नाममा नदेखिएको दुइतिहाई माफियाको पक्षमा देखिएको भन्दै सरकारलाई बधाई पनि दिए। थापाले आफूहरु जिम्मेवार प्रतिपक्षको नाताले  संसदलाई धेरै दिनसम्म बन्दी बनाउन नहुने ठानेर संसद चल्न दिने निष्कर्षमा पुगेको भन्दै यो सदासयताको दुरुपयोग नगर्न चेतावनी दिए। सरकारलाई अब सदन र सडकबाट समेत प्रतिपक्षको परिचय दिइने थापाको भनाइ छ। 

नेता थापाले दुई तिहाई सरकारले एउटा लडेको सत्याग्ररी डाक्टरलाई उठाएको भएपनि प्रधानमन्त्रीको विश्वास उठाउन नसकेको आरोप लगाए । उनले भने ‘१५ सय जति नेपालीहरु डाक्टरी पढ्न विदेन जाने गरेका थिए । डा. केसीले भने नेपालमा प्रवेश परीक्षा पास गरेकाहरुलाई मात्रै विदेशमा अध्ययनको लागि जान दिने व्यवस्था गर्नुपर्छ भनेर । अघिल्ला सरकारहरुले त्यो व्यवस्था लागू गर्दा ती मध्ये १२ सय भन्दा बढी विद्यार्थी त अयोग्य रहेछन् ।’ 

यस्तो छ थापको सम्बोधन
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।