बुधबार, चैत २५, २०८२

मुस्तफा र त्रिबेदी धनगढी स्टार्सबाट डिपिएल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- माघ २६ गते देखि फाल्गुन ११ गते सम्म आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिगका लागि टिम धनगढी स्टार्सले आफ्ना २ विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। 

सोमपाल कामि रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले युएईका राष्ट्रिय क्रिकेटर रोहन मुस्तफा र भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिबेदीलाई स्टार्सले अनुबन्ध गरेको हो। 

दायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ६४२ रन तथा टि-२० मा ४११ रन बनाएका छन्। यस्तै बलिङ्गतर्फ एकदिवसीयमा २८ विकेट तथा टि-२० मा १९ विकेट लिएका छन्। 

सागर त्रिबेदी सन् २०१५ को इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन्। उनि दायाँ हाते फास्ट बलर र बायाँ हाते ब्याट्सम्यान हुन्। उनले मुम्बई टिमको लागि खेलीसकेका छन्। 

‘हाम्रो टिम सन्तुलित बनाउने प्रयास स्वरुप दुई विदेशी खेलाडीहरुलाई ल्याएका हौँ। अक्सनमा हामीले चाहे अनुरुप ७० प्रतिशत खेलाडीहरु टिममा भित्र्याउन सफल भएका छौ।’ टिम मालिक कृष्ण बोहराले भने, ‘टिम कप्तान सोमपाल कामिले राम्रो टिम बनाउन प्रयास गरिरहनु भएको छ। हामि आशावादी छौँ कि आगामी ३ वर्ष धनगढी स्टार्सले राम्रो प्रदर्शन गर्नेछ ।’

धनगढी स्टार्स टिममा सोमपाल कामि (रणनीतिक खेलाडी), पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, दिपेश श्रेष्ठ, राजु रिजाल, सन्दिप रजाली, रोबिन क्षेत्री, धिरज शाही, कृष्ण ऐयर रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।