गुल्मी – गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।
ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ।
दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते भएको प्रहरीचौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए। घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ। जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४