शुक्रबार, साउन १५, २०८३

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन्। काठमाडौं मलका व्यवसायीहरुलाई घम्काउँदै रकम असुली गर्ने गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहका अनुसार सुनधाराको काठमाडौं मलका सटरहरुको अघिल्लो वर्ष ७८ लाखमा शिव लक्षमी कोजुले ठेक्का पाएको र यसमा गोर्खालीको संलग्नता रहेको पाइएको छ। ‘ठेक्का पाइसकेपछि कोजुले अघोषीत रुपमा दुई करोड चालीस लाखमा गोर्खालीलाई ठेक्का दिएको पाइयो’, उनले भने, ‘त्यसपछि गोर्खालीले सटरको भाडा चार गुण बढाए। केहीलाई सटर छोड्न लगाए र केहीलाई आफै नहट्न दवाव दिए। छ जनाले आफूहरुमाथी अन्याय भएको भन्दै महाशाखामा उजुरी परे पछि हामीले पक्राउ गरेका हौं।’

उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।