शुक्रबार, साउन १५, २०८३

संसद बैठक आज, कांग्रेसले अवरोध नगर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संघीय संसदअन्तर्गतका दुबै सदनको बैठक आज (आइतबार) बस्दै छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेका लागि डाकिएको छ । 

दुबै सदनको बैठकमा लगतार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज भने अवरोध नगर्ने भएको छ । डा. गोविन्द केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले कांग्रेसले संसद बैठकमा अवरोध नगर्ने भएको हो ।  

डा. गोविन्द केसीको माग सुनुवाई गर्नुपर्ने, र पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले यसअघि पटक पटक संसद बैठक अवरोध गर्दै आएको थियो ।

डा केसीले अनसनले तोडेको र पूर्वप्रधानमन्त्रीद्वयको नाममा रहेको अस्पताल संघ मातहत ल्याउने निर्णय भएकाले आजको संसद बैठक अवरुद्ध नगरिने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए । 

यसअघि कांग्रेसको अवरोधकाबीच दुबै सदनबाट सरकारले चिकित्सा शिक्षा विधेयक पारित गराएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।