शुक्रबार, साउन १५, २०८३

गुप्तांगमा ब्राउन सुगर लुकाउने महिला पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको लम्की चुहा १ राजीपुरबाट प्रहरीले ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय लम्कीले लम्कीचुहा नगरपालिका वडा नं।१ राजीपुर जंगल नजिकै ३४ बर्षीया तारा शाहीलाई २३ ग्राम ब्राउन सुगर सहित रंगे हात पक्राउ गरेको छ ।

बिशेष सुचनाको अधारमा प्रहरीले तारा शाहीलाई खान तलासी गर्दा गुप्ताङ्गमा लुकाई राखेको अवस्थामा उक्त परिणाममा ब्राउन सुगर फेला पारेको हो ।

शाही संग रहेको से ७ प २५५९ नम्बरको स्कुटी तथा बिदेशी रुपैया समेत बरामद गरिएको छ । शाही लामो समय देखि नै लागुऔषध ओसारपसारमा प्रत्यक्ष संलग्न रहेपनि प्रमाणको अभावमा पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।  

सुराकीको आधारमा टीकापुरबाट पछयाउदै राजीपुरमा खानतलासी गर्दा यस क्षेत्रको अहिले सम्मकै ठुलो परिणाम लागुऔषध ब्राउन सुगर सहित शाहीलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नायव निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए ।यस क्षेत्रमा लागुऔषध ओसार पसार तथा बेचबिखन गर्ने प्रमुख भुमिका शाहीको रहेकोसमेत उनले दाबि गरे । 

गत असार महिनामा ईलाका प्रहरी कार्यालय लम्कीले ३ सय १० मिलिग्राम आगुऔषध सहित पक्राउ गरिएकी ६५ बर्षिया जला देबि शाही तारा शाहीकी सासु रहेको समेत प्रहीरीले जनाएको छ । प्रहरी बयानका क्रममा तारा शाहीले उक्त ब्राउन सुगर भारतीय बजार तिकुनीयाबाट ल्याएको बताएकी छिन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।