बिहीबार, भदौ ४, २०८३

खगोल विज्ञानको विकास गर्न ब्रुनाईसँग सम्झौता

दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनाई र नेपालको खगोल अध्ययन संस्थाबीच खगोल विज्ञानको विकास गर्नेबारे सम्झौता भएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनाई र नेपालको खगोल अध्ययन संस्थाबीच खगोल विज्ञानको विकास गर्नेबारे सम्झौता भएको छ। 

खगोल विज्ञानसम्बन्धि नेपालमा भएका अभ्यास प्रसार गर्न र अनुभव आदानप्रदान गर्दै खगोल विज्ञानको विकासका लागि सहकार्य गर्ने सम्बन्धमा सहकार्य भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ।

सम्झौतामार्फत् अगाडि बढ्न नेपाल नासो र ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटी (पाब्ड) बीच पन्ध्र वर्षको लागि सहमति भएको हो।

हिजो (३२ गते सोमबार) आयोजित भर्चुअल भेलाबाट नासोका अध्यक्ष शुरेस भट्टराई र पाब्डका अध्यक्ष अवाङ् हाजी महादी बिन हाजी ताहिरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सहमति अनुसार चार क्षेत्रको प्रचारप्रसारलगायतका काम हुनेछन्। तथ्याङ्क केन्द्रित नागरिक विज्ञान परियोजना आयोजना गर्ने, खगोलविज्ञानका दुईदेशीय सञ्चार संजालको समन्वय गर्ने, आवश्यक कोष संकलन गर्ने र खगोल विज्ञानको विकासलाई टेवा पुर्‍याउन आपसी हितका अन्य क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।

सहमतिले दुवै देशमा बलियो वैज्ञानिक समुदाय निर्माण गर्न, अनुसन्धानको वातावरण बनाउन, तालिम र अन्तरक्रियाबाट क्षमता विकास गर्न र संयुक्त खगोलविज्ञान परियोजना सञ्चालन गर्न सहयोग पुग्ने नासोले बताएको छ।

प्रकाशित: Aug 17, 2021| 12:27 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।