शुक्रबार, साउन १५, २०८३

चेल्सीको जितमा हाजार्ड र हिगुइन नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले हड्सफिल्ड टाउनमाथि फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले हड्सफिल्ड टाउनमाथि ५-० गोलको फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा चेल्सीलाई सहज जित दिलाउन गोन्जालो हिगुइन र इडेन हाजार्डले दुई दुई गोल गर्दा डेभिड लुइजले एक गोल गरे । खेलको १६ औं मिनेटमा हिगुइनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । 

गत साता युभेन्ट्सबाट चेल्सी आएका हिगुइनको यो डेब्यु गोल समेत हो । पहिलो हाफको अन्तिम मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गरेपछि चेल्सीको अग्रता दोब्बर बन्यो । ६६ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता तेब्बर पारे । 

६९ औं मिनेटमा हिगुइनले पनि व्यक्तिगत दोस्रो गोल पुरा गर्दा चेल्सी ४-० ले अघि रह्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा लुइजले गोल गर्दै चेल्सीलाई ५-० को जित दिलाए ।

जितसँगै चेल्सी आर्सनललाई पछि पार्दै लिगको चौथो स्थानमा उक्लिएको छ  । चेल्सीले २५ खेलबाट ५० अंक जोडेको छ । पराजित हडर्स ११ अंक जोडेर लिगको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।