एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थनको बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासाग २-२ को बराबरीमा रोकिएको हो ।
भरेलु मैदानमा २-० ले पछि परेको अवस्थानमा निकैनै उत्कृष्ट कमब्याक गर्दै बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । खेलको २४ औं मिनेटमा भ्यालेन्सियाका केभिन गामिरोले गोल गर्दै बार्सिलोना पछि परेको थियो ।
त्यसपछि खेलको ३२ औं मिनेटमा डानी परेजोले पेनाल्टीमा गोल गर्दै बार्सिलोना २-० ले पछि पर्यो । त्यसपछि खेलको ३९ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
पहिलो हाफमा २-१ को स्थितीमा रहेको खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । यसअघिको यी दुई बिचको भेटमा पनि १-१ को बराबरी खेलेका थिए । यस बराबरीसँगै बार्सिलोनाले २२ खेलबाट ५० अंक जोडेको छ । भ्यालेन्सियाको ३० अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४