बुधबार, चैत २५, २०८२

रोनाल्डो सर्वाधिक गोलकर्ता, युभेन्ट्स बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले पर्मासँग बराबरी खेलेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्ट्स पर्मासँग ३-३ को बराबरी खेलेको हो । 

घरेलु टालीका लागि रोनाल्डोले दुई तथा डानिली रुगानीले एक गोल गरे । यता पहुनो टोलीलाई हारबाट जोगाउन गेर्भिन्होले दुई तथा एन्टोनियो बारिल्लाले एक गमेल गरे । निकैनै रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो । 

घरेलु मैदानमा २-० ले लिएको अग्रता जोगाउन नसकदा युभेन्ट्स अंक बाढ्न बाध्य भयो । खेलको ३६ औं मिनेट रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ६२ औं मिनेटमा डानिली रुगानीले गोल गर्दै टोलीको अग्रता दाब्बर पारे । 

६४ औं मिनेटमा पर्माका एन्टोनियो बारिल्लाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।यसपछि खेलका फर्केको पर्माले ६६ औं मिनेटमा रोनाल्डोको व्यक्तिगत दोस्रो गोलबाट पुनः ३-१ ले अग्रता लियो । यससँगै रोनाल्डो सिरी ‘ए’ मा १६ गोल सहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थान रहेका छन् ।  

खेलको ७४ औं मिनेटमा गेर्भिन्होले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा गेर्भिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याउदै पर्मालाई हारबाट जोगाए । 

युभेन्ट्सले २२ खेलबाट ६० अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ५१ अंक छ । नापोलीले शनिबार राती साम्पडोरियालाई ३-० ले हराएको थियो । ११ औं स्थानको पर्माको २९ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।