शुक्रबार, साउन १५, २०८३

आजका अखबार : देशको अर्थतन्त्र संकटमा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको नयाँ पत्रिकाले देशको अर्थतन्त्र सोचनीय अवस्थामा शीर्षकमा मुख्य समाचार छापेको छ ।

समाचारमा व्यापार घाटा दोब्बरले बढेको, विदेशी अनुदान १६ प्रतिशतले घटेको  र वस्तुको बिक्री पनि घटेको जनाइएको छ । विदेशी विनिमय सञ्चिति खुम्चँदै गएको, उद्योगमा लगानी न्यून रहेको, चालु खाता घाटा सवा खर्ब रहेको समाचारमा उल्लेख छ । नयाँ पत्रिकाले मुलुकको अर्थतन्त्रको अवस्था झल्किने चार्ट पनि प्रस्तुत गरेको छ  

नागरिक दैनिकले ठेकेदारको मनपरी, नदिमै क्रसर उद्योग शीर्षकमा मुख्य समाचार छापेको छ । उसैले नेकपाको एकता प्रकृया अलमलमा परेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । एकताका लागि गठन गरेको चौथो कार्यदल पनि सुस्ताएसँगै एकता अन्योलमा परेको हो । 

कान्तिपुर दैनिकले भने भेनेजुएलाबारे बोल्नैपथ्र्यो शीर्षकमा मुख्य समाचार छापेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरेको टिप्पणी सहित विज्ञप्ती निकालेका थिए । यसको तरंग नेकपा भित्रै अझैसम्म फैलिरहेको छ । 

यस्तै कान्तिपुरले महासचिवलाई सुविधैसुविधा शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

समाचारमा लेखिएको छ– संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् ।

कानुनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रमिक पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चालक लिने गरेको जानकारी संघीय संसद् सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलब र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन (निवृत्तिभरण) बुझ्ने गरेको समाचारमा उल्लेख छ । असारअघिसम्म तलबबाहेक ८० प्रतिशत प्रोत्साहन भत्तासमेत लिने गरेका थिए ।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवासर्त र सुविधासम्बन्धी ऐनको दफा ७ मा निवृत्तिभरण पाइसकेका व्यक्तिले मासिक तलब र निवृत्तिभरणमध्ये एउटा मात्रै लिन पाइने व्यवस्था छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।