काठमाडौं- आज माघ १९ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपाल विद्यार्थी संघले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको सरकारी गाडी नियन्त्रणमा लिएको छ। नेविसंघका कार्यकर्ताले कमलपोखरीबाट ढुंगाना सवार गाडी नियन्त्रणमा लिएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन्।
नेपाल विद्यार्थी संघले सरकार सामु निर्माला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै पद्यकन्या क्याम्पसको प्राङगणमा दीप प्रज्ज्वलन गरेको छ। ‘न्याय मरेको मेरो देश’, ‘सानालाई ऐन ठुलालाई चैन’, ‘निर्मताका हत्यारालाई कारवाही गर’ लगायतका नारा लेखेर नेविसंघले विरोध जनाएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले २०६२/६३ को आन्दोलनमा धर्म निरपेक्षताको बिषय कहि कतै नउठेको भन्दै बिदेशी प्रभाव, दबाब र पैसाको प्रलोभनमा धर्म निरपेक्षता लादिएको बताएका छन्। हिन्दुत्व जनजागरण अभियान अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र चाहने तर जुनसुकै पार्टी र विचार निकट भएकाहरुले राप्रपाको अभियानमा सघाउ पुर्याउन आग्रह गरे।
माघ १९ को बिहान। घाम झुल्किसकेको थिएन। हुस्सुले काठमाडौंलाई छोपेको थियो। टेलिभिजनका पर्दामा एकाएक ब्रेकिङ न्यूज छायो ‘आज महाराजधिराज सरकारबाट विशेष सम्वोधन हुदैछ’। यसले चिसो काठमाडौंलाई एकाएक ततायो। बजारमा आशंका र अनुमान हुन थाल्यो, आज फेरि देशमा कु हुँदैछ। एकछिनमै सारा मुलुक तरंगित भयो। नभन्दै ठीक दस बजे राजाको सम्बोधन आयो‘प्यारा देशबासीहरु’।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ।
जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्थे। दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाए तर आत्मसन्तुष्टि कमाउन सकेनन्।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ।
द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३०० स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन्।
नेपाली फिल्ममा नायकको भूमिकालाई प्राथमिकता दिइएको पाइन्छ। हुन त नेपाली फिल्ममा मात्र होइन, बलिउडको अवस्था पनि त्यस्तै हो। कुनै बेला त नायकको पोस्टरले मात्रै फिल्म चल्छ भन्ने मनोविज्ञान थियो। चर्चा पनि नायिका भन्दा नायककै हुन्थ्यो।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ। ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका- २०७४’कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक लगाइएको छ।
बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ। शनिबार बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ।
सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति अबुधाबीस्थित जयाद स्पोर्टस सिटी स्टेडियममा भएको फाइनल खेलमा जापानलाई ३-१ गोलले पाजित गर्दै कतारले पहिलो पटक ऐतिहासिक जित निकालेको हो ।
प्रदेश १ को व्यस्त पर्यटकीय हिल स्टेसन भेडेटारबाट ३ किलोमिटर टाढाको नाम्जे घुमफिरका लागि भने धेरै टाढाजस्तो थियो। तर, सन् २०११ को डिसेम्बर ७ (२०६८ मंसिर २१) बाट भने नाम्जे एकाएक विश्वभर चिनियो। विश्वप्रसिद्ध अमेरिकी च्यानल सिएनएनले नाम्जेलाई विश्वका नसुनिएका १२ उत्कृष्ट गन्तव्यमा राखेपछि नाम्जेले वर्षौंदेखि चिनिएको भेडेटारभन्दा धेरै चर्चा पायो।
भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामूहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताएका छन्।
धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन्।
नवलपुरमा मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको उपन्यास ‘सखी’ माथि विमर्श गरिएको छ। नवलपुरमा रहेका विभिन्न साहित्यिक संघसस्थाहरुको संयुक्त आयोजनामा कावासोतीको मध्यबिन्दु क्याम्पसमा कार्यक्रमको आयोजना गरिएको हो।
विवादास्पद नीतिहरुका कारण सङ्कटमा परेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थालेका छन्। अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको संयुक्त सदनलाई अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ को नाममा सम्बोधन गर्ने परम्परा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४