आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी पोर्टल सञ्चालन, एजेन्सी म्यानेजरलाई अण्डरराइटरको हिस्सा बनाइँदै

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी पोर्टल सञ्चालन, एजेन्सी म्यानेजरलाई अण्डरराइटरको हिस्सा बनाइँदै

 |  मंगलबार, चैत ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०८२

काठमाडौँ- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरूलाई प्रविधिमार्फत सशक्त बनाउन 'एजेन्सी पोर्टल' को सुविधा ल्याएको छ।

National life

कम्पनीले आफ्ना एजेन्सी म्यानेजरहरूलाई सफ्टवेयर सिस्टममा पहुँच दिँदै अनलाइन माध्यमबाटै बीमा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था मिलाएको हो। २०८२ साल फागुन २९ गते जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, यो सुविधाले एजेन्सी म्यानेजरहरूलाई अण्डरराइटिङ प्रक्रियाको एक हिस्सा बनाउने कम्पनीको उद्देश्य रहेको छ।

यस नयाँ व्यवस्थासँगै अब एजेन्सी म्यानेजरहरूले बीमा प्रस्ताव स्वीकृतिका लागि अनिवार्य रूपमा कम्पनीको कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। उनीहरूले आफ्नै घर वा कार्यालयमा बसेर एजेन्सी पोर्टल प्रयोग गरी आवश्यक कागजात र विवरणहरू प्रणालीमा प्रविष्ट गर्न सक्नेछन्।

यसरी पेश गरिएका प्रस्तावहरूलाई कम्पनीले अनलाइन माध्यमबाटै अण्डरराइटिङ गरी प्रक्रिया पुगेका प्रस्तावहरूलाई तुरुन्त स्वीकृति प्रदान गर्ने प्रबन्ध मिलाएको छ। यसबाट बीमा प्रस्ताव स्वीकृतिको प्रक्रिया छिटो, छरितो र सहज हुने कम्पनीको विश्वास छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालका अनुसार निश्चित शर्तहरू पूरा गरेपछि एजेन्सी म्यानेजरहरूले यो सुविधामा पहुँच पाउनेछन्। एजेन्सी पोर्टलबाट बीमा प्रस्ताव पेश गर्नुका साथै व्यवसाय सम्बन्धी विभिन्न रिपोर्ट र विवरणहरू पनि जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

Shivam cement

आगामी दिनमा यस्ता सुविधाहरूलाई थप विस्तार गर्दै कम्पनीका सेवाहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता समेत हिमालयन लाइफ इन्स्योरेन्सले व्यक्त गरेको छ।

प्रकाशित: Mar 17, 2026| 10:39 मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्