सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

 |  मंगलबार, चैत ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०८२

काठमाडौं- नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो। 

सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ । कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ। 

विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्नेछ । त्यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ। 
 

प्रकाशित: Mar 17, 2026| 10:31 मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्