शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २०६२/६३ आन्दोलनको एजेन्डा धर्म  निरपेक्षता थिएन : कमल थापा 

२०६२/६३ आन्दोलनको एजेन्डा धर्म  निरपेक्षता थिएन : कमल थापा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले २०६२/६३ को आन्दोलनमा धर्म निरपेक्षताको बिषय कहि कतै नउठेको भन्दै बिदेशी प्रभाव, दबाब र  पैसाको प्रलोभनमा धर्म निरपेक्षता लादिएको बताएका छन्। हिन्दुत्व जनजागरण अभियान अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र चाहने तर जुनसुकै पार्टी र विचार निकट भएकाहरुले राप्रपाको अभियानमा सघाउ पुर्‍याउन आग्रह गरे। 

सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने बताउँदै अध्यक्ष थापाले हिन्दु धर्ममा आस्था राख्ने कोहि पनि अरु धर्मको बिरोधि हुन नसक्ने दाबी गरे। थापाले थपे, ‘पाँच बर्ष अगाडिको ऋघबेदले नै हामिलाई सिकाएको छ, सत्य एउटै छ, भगवान एउटै छन्, बाटो मात्र फरक हो।’

राप्रपाले उठाएको हिन्दुराष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले मागलाई सरकारले बेवास्ता गरे सडक आन्दोलन गर्ने चेतावनी दिए। धर्म निरपेक्षताको एजेन्डा  बिदेशीलाई खुशी पार्न जबर्जस्ती लादिएको भन्दै थापाले असम्वैधानिक र षड्यन्त्रमुलक ढंगले जबर्जस्ति बोकाइएको भारी बोक्न अब नेपाली जनता मन्जुर नभएको विचार व्यक्त गरे। 

धर्मनिरपेक्षताले किरात र बुद्ध धर्मलाई पनि कमजोर बनाएको भन्दै उनले धर्म परिबर्तनको डढेलो प्रती आपत्ति प्रकट गरे। सो अबसरमा पार्टीका नेताहरु बिक्रम थापा, भुवन पाठक, राजाराम बर्तौला, बसन्तमान सिह अधिकारी, निना भेटवाल, केसब रेग्मी, सुनिता कुरुङ्वाङ, सिर्जना रानी बर्मा, सन्तोष अधिकारी लगायत धार्मिक व्यक्तित्वहरुले बोलेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।