काठमाडौं – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको सरकारी गाडी नियन्त्रणमा लिएको छ। नेविसंघका कार्यकर्ताले कमलपोखरीबाट ढुंगाना सवार गाडी नियन्त्रणमा लिएका हुन्।
नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प कुमार शाहीले सरकारी नम्मर प्लेलका गाडीलाई नियन्त्रणमा लियर सरकारविरुण प्रदर्शन गर्ने आफूहरुको नीति रहेकाले सचिव ढुंगानाको गाडी निन्त्रणमा लिएको जानकारी दिए। उनले सरकारले २०७२ सालको संविधानको दुरुपयोग गर्दै दुई तिहाई बहुमतको दम्भ देखाएर संसदीय अभ्यासलाई कुल्चदै प्रतिपक्षको अस्तित्व नस्वीकारेर अगाडि बढेकाले दवास सिर्जना सरकारविरुद्ध आन्दोलन जारी रहेको जानकारी दिए।
उनले शनिबार सरकारी गाडी चल्न नदिने र चलेको भेटाए नियन्त्रणमा लिने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४