एजेनसी-रियल मड्रिड पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रानाल्डो युभेन्ट्स पुगे पछि उनको स्थानमा खेलाडी अनुबन्ध गर्न लामो समयको कसरतमा छ । तर पनि अहिले सम्म उनको स्थानका लागि कुनै खेलाडी अनुबन्धित गर्न सकेको छैन् ।
उनको स्थानमा खेलाडी अनुबन्ध गर्न कसरतमा रहेको रियलका लागि रियलकै गोलरक्षक थिबाउट कोर्टियसले सल्लाह दिएका छन् । थिबाउटले नेयमार भन्दा इडेन हाजार्ड रियलका लागि उपयुक्त हुने बताएका छन् ।
‘नेयमार भन्दा अहिले टोलीस्लाई हाजार्डके आवस्यकता छ ।’ थिबाउटले भने, ‘अहिले टिम कस्तो छ । करिम बेन्जामेन अहिले लयमा छन् । उनले १७ गोल गरेका छन् । बेल पनि राम्रै छन् । तर, टोली अहिले अपाङ्ग जस्तै भएको छ ।’ उनले थपे, ‘टोलीका खेलाडीमा क्वालीटी छ तर, स्कोर गर्न सकिरहेका छैनन् ।’
पछिल्लो समय पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिलियन स्टार खेलाडी नेयमार आफ्नो हालको क्लबमा सन्तुष्ट नरहेको खबर बारम्बार बाहिरिदै आएको छ । यति सम्मकी उनी पुनः आफ्नै पूर्व क्लब बार्सिलोना फर्किने चाहेको खुलासा भएको थियो ।
यता पिएसजीलाई पनि खेलाडी किनबेच नियम उलङ्घन गरेको भन्दै जारी सिजनको अन्त्यमा युवा स्टार केलियन एमबाप्पे वा नेयामार बेच्नै पर्ने दबाब छ । त्यस्तै बेल्जियम तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका फर्वाडर इडेन हाजार्डले यसअघिको ट्रान्सफर विन्डोजमा रियल जान चाहेको बारम्बार बताएका थिए ।
तर, चेल्सीले उनलाई अनुमती नदिए पछि उनी चेल्सीमै रहेका थिए । पछिल्लो समय चेल्सीले पनि हाजार्डले अन्य क्लबमा जानचाहे बाटो खुल्ला छोडी दिने बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४