बिहीबार, फागुन २८, २०८२

सुनचाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?

 |  बिहीबार, फागुन २८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २८, २०८२

काठमाडौं- आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्य २ हजारले र चाँदीको मोल २०५ ले घटेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ५१५ निर्धारण भएको छ। हिजो बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो। सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु ५ हजार ४१० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 12, 2026| 11:12 बिहीबार, फागुन २८, २०८२
प्रतिक्रिया दिनुहोस्