शुक्रबार, साउन १५, २०८३

जापानबाट फर्किएर बङ्गुरपालन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दमौली – जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्थे। दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाए तर आत्मसन्तुष्टि कमाउन सकेनन्। 

अर्काको निर्देशनमा काम गर्नुभन्दा आफैँले सानो व्यवसाय गर्नसके आत्मसम्मान र प्रतिष्ठान हुने उनलाई थाहा थियो, तर बाध्यताले उनलाई वैदेशिक रोजगारको बाटो डाेर्‍याएको थियो। जापानमा काम गरेर फर्किएपछि आफैँले केही व्यवसाय सुरु गर्छु भन्ने सोच राखेका आलेले आफ्नै ठाउँमा आएर अहिले बङ्गुरपालन गरिरहेका छन्।

तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका आलेले वि.सं. २०६८ मा भानु कृषि तथा पशु फार्म दर्ता गरेर बङ्गुरपालन गरेका छन्। आफ्नै पेशा व्यवसाय भए अरुको निर्देशनमा काम गर्न नपर्ने र आफूले मेहनत गरेपछि आफैँलाई नै हुने आलेको भनाइ छ। 

उनले भने, ‘नेपालमै बसेर सानो व्यवसाय गरे पनि इज्जत र प्रतिष्ठा छ।’ बङ्गुर तथा बाख्राको पाठापाठी उत्पादन गर्ने र अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यसहित फार्म स्थापना गरे पनि अहिले भने बङ्गुरका पाठापाठी मात्रै उत्पादन गरी बिक्री गरिरहेको उनले बताए। ४० लाखको लगानीमा व्यवसाय सुरु गरेका आलेको अहिले एक करोडभन्दा बढी लगानी भइसकेको छ। 

उनको फार्मबाट वार्षिक ५०० बङ्गुरका पाठापाठी उत्पादन हुने गरेका छन्। बङ्गुरको पाठापाठी बिक्री गरेर वार्षिक  आठ लाखभन्दा बढी नाफा हुने गरेको उनले जानकारी दिए। बङ्गुरको पाठापाठीको जिल्लाभित्रै निकै नै माग भए पनि मागअनुसार पु¥याउन नसकेको उनले बताए। उनका अनुसार एउटा पाठापाठी पाँच हजारसम्म बिक्री हुने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।