शुक्रबार, साउन १५, २०८३

आज बार्सिलोनाले भ्यालेनसीयाको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ला लिगामा शनिबार राति शीर्षस्थाको बार्सिलोना र सातौंस्थानको भ्यालेनसीया भिड्दै छन् । खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ११:१५ बजे सुरु हुने छ । 

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै कोपा डेल रे’को सेमिफाइनलमा पुगेको बार्सिलोना उच्च मनोबलका साथ मैदान उत्रिने छ । कोपा डेल रे’को क्वाट्फइनलको पहिलो लेगमा २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोना बिहिबार दोस्रो लेगमा ६-१ गोलले विजयी भयो । 

जहाँ समग्रहमा ६-३ ले विजयी हुँदै बार्सिलोनासँग यसै हप्ता कोपा डेल रे’को सेमिफाइनल पुगेको उच्च मनोबल छ । त्यस्तैले बार्सिलोना स्पष्ट तीन अंक जोड्ने लक्ष्यका साथ आफ्नो घरेलु मैदानमा उत्रिदै छ । 

ला लिगाको सुरुवाती खेलमा लय विहिन भएको भ्यालेनसीया पछिल्ला खेलहरुमा उत्कृष्ट पुनरागमन गरिरहेको छ । भ्यालेनसीया पनि गेटाफेलाई समग्रहमा ३-२ ले पराजित गर्दै कोपा डेल रे’को सेमिफाइनल पुगेको छ । 

यसैले पनि यी दुई टोलीबीचको खेल निकैनै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । यसअघि बार्सिलोना र भ्यालेन्सियाबीच भएको पहिलो भेटमा दुबै टोलीले १-१ को बराबरी खेलेका थिए । 

२१ खेल खेलेको बार्सिलोना १५ खेलमा स्पष्ट जित, चार खेलवमा बराबरी र दुई खेलमा हार सहित ४९ अंक जोडेर शीर्षस्थानमा छ । जुन दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ५ अंक बढी हो । 

त्यस्तै भ्यालेन्सीयाले समान खेलबाट ६ खेलमा जित, ११ खेलमा बराबरी र ४ खेलमा पराजय भोग्दै २९ अंक सहित लिगको सातौं स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।