आइतबार, फागुन २४, २०८२

सुनचाँदीको मूल्य बढ्यो

 |  आइतबार, फागुन २४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ। शुक्रबार एक तोला सुन रु तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४४५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 08, 2026| 11:56 आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्