शुक्रबार, साउन १५, २०८३

महिला हत्याका दोषी चार वर्षपछि पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमँडौं- महिला हत्याको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले चारवर्ष पछि पक्राउ गरेको छ। पर्सा जिल्लाको साविक तुल्सीबर्वा गाविस-५ हाल छिपहरमाई गाउँपालिका– ४ बस्ने २३ वर्षीय राजा साहतेली भनिने अकलेश साहलाई प्रहरीले चार वर्षपछि शुक्रबार पक्राउ गरेको हो। 

बागलुङ जिल्लाको साविक तित्याङ गाउँ विकास समिति-६ घर भई पर्वत कुश्मा नगरपालिका-८ भण्डारीटोलमा बस्दै आउनुभएकी ३० वर्षीया विष्णु परियारलाई निजले हत्या गरेपछि लुकीछिपी बस्दै आएको अवस्थामा वाग्लुङ बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

छिपहरमाई गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी ४० का अर्का आरोपी रामबाबु साह तेलीसमेत नौ जना भने अझै फरार छन्। 

परियार २०७१ मङ्सिर २४ गतेदेखि बेपत्ता भएकामा खोजतलास गर्ने क्रममा मंसिर २७ गते साविक कुश्मा नगरपालिका-९ हाल वडा नं ५ स्थित खोरीयापानीको जङ्गलमा उहाँको लाश फेला परेको थियो। 

मृतकका श्रीमान् अर्जुन दर्जीले १० जनाविरुद्ध किटानी जाहेरी दिनुभएकामा पक्राउ परेका तेलीलाई पर्वत जिल्ला अदालतबाट दिन १० को म्याद थप गराई अनुसन्धान गरिरहेको र अन्य अभियुक्तको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।