एजेन्सी- सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति अबुधाबीस्थित जयाद स्पोर्टस सिटी स्टेडियममा भएको फाइनल खेलमा जापानलाई ३-१ गोलले पाजित गर्दै कतारले पहिलो पटक ऐतिहासिक जित निकालेको हो ।
कतारको जितका लागि अल्मोइज अली, अब्दुलाजिज हाटेम र आक्रम अफिफले एक एक गोल गरे । जापानका ताकुमी मिनामिनोले एक गोल फर्काए । पहिलो हाफको १२ औं मिनेटमा अलीले गोल गर्दै कतारले सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि २७ औं मिनेटमा हाटेमले गोल गर्दै पहिलो हाफमा कतारले २-० को अग्रता लियो । खेलको ६९ औं मिनेटमा जापानका मिनामिनोले गोल गर्दै खेल खेलका फर्किने संकेत दिएपनि थप गोल गर्न सकेन् ।
खेलको ८३ औं मिनेटमा अफिफले पेनाल्टी मार्फत गोल गर्दै कतारले ३-१ को कीर्तिमानी जित निकालेको हो । कतारका अल मोइज अली एसिया कपको एकै सिजनका सर्वाधिक गोल गर्ने खेलाडी बले ।
उनले एकै सिजनमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । यसअघि यसअघि इरानका अलि दाइले ८ गोल गरेर कीर्तिमान बनाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४