शनिबार, वैशाख १९, २०८३

पाँचौं दिन पनि नेप्सेमा हरियाली

 |  मंगलबार, फागुन १९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १९, २०८२

काठमाडौं। लगातार पाँच कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेको छ। यस दिन नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ६.२५ अंक, फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले वृद्धि भएको छ।

National life

कारोबार रकमसमेत बढेको छ। ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदै ७०७ रुपैयाँ १० पैसामा पुगेको छ। पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य करिब १० प्रतिशत बढ्दा मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। घट्ने स्टकको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदा रिडी हाइड्रोपावर र एसवाई प्यानल नेपाल पनि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्। १३ उपसमूहमध्ये १२ उपसमूहका सूचक बढेका छन्, जसमा जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले वृद्धि भएको छ। व्यापार उपसमूह भने सामान्य घटेको छ।

प्रकाशित: Mar 03, 2026| 16:18 मंगलबार, फागुन १९, २०८२
प्रतिक्रिया दिनुहोस्