बुधबार, चैत २५, २०८२

ढोरपाटन भलिबल लिग : आर्मीको दोहोरो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- ढोरपाटन महिला डबल लिग भलिबलमा विभागिय टोली नेपाल आर्मीले दोहोरो जित निकालेको छ । आफ्नो पहिलो खेलमा अर्को विभागिय टोली नेपाल पुलिसलाई ३-२ को सेटमा पराजित गरेको आर्मीले दोस्रो खेलमा दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेको हो । 

आाफ्नो पहिलो खेलमा आर्मीले पुलिसलाई २२-२५, २५-२१, १८-२५, २५-१५ र १५-१२ ले पराजित गरेका थियो । त्यस्तै दोस्रो खेलमा दाङलाई २५-१२, २५-१९ र २५-११ को सोझो सेटमा पराजित गर्यो । 

शुक्रबार नै भएका अन्य खेलमा सेवा भलिबल क्लब विजयी भएको छ । दाङलाई २५-१८, २५-१५ र २५-११ को सोझो सेटमा पराजित गर्दै सेवा विजयी भयो । अर्को खेलमा विभागिय टोली एपीएफ क्लबले पश्चिमाञ्चललाई ३-० को सोझो सेटमा पराजित गर्यो । 

पहिलो सेटमा २५-१५ ले पराजित गर्दा दोस्रो सेटमा २५-१८ र तेस्रो सेट २५-११ ले पराजित गरेको थियो । हुक्रबारको खेल सम्पन्न भएसँगै एपीएफ १२ खेलबाट ३६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ । 

त्यस्तै समान १२ खेलबाट नेपाल पुलिस क्बल ३० अंक सहित दोस्रो, २९ अंक सहित आर्मी तेस्रो, १९ अंक सहित पश्चिमाञ्चल चौथो, १३ खेल खेलेको सेवा १४ अंक सहित पाँचौ, १४ खेल खेलेको चितवन टाइगर्स १३ अंक सहित छैठौं र १४ खेल खेलको श्रीगाँउ ११ अंक सहित सातौं स्थानमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।