शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वएमालेमा विवाद चर्किएपछि प्रधानमन्त्रीको सुदूरपश्चिम यात्रा स्थगित

पूर्वएमालेमा विवाद चर्किएपछि प्रधानमन्त्रीको सुदूरपश्चिम यात्रा स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) मा तत्कालीन एमालेभित्र बढेको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने कार्यक्रम स्थगति भएको छ।

प्रधानमन्त्री ओली आगामी आइतबार धनगढी आउने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्रीले आइतबार नै सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

त्यस्तै, सोही दिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। भने सोमबार (२१ गते) कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको थियो।

गत साता नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकमा अध्यक्ष कर्णबहादुर थापाले आफू निकटका केही व्यक्तिलाई राखेर अगुवा कार्यकर्ता भेलाको तयारी समिति गठन गर्न खोजेपछि विवाद सिर्जना भएको बताइएको छ । नेकपा स्रोतका अनुसार विवाद बढ्दै गएपछि नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठक नै स्थगित भएको छ।

प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तयारीका लागि समिति गठनका विषयमा वैठकमा विवाद भएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीको धनगढी आउने कार्यक्रम स्थगित भएको छ। यससंगै धनगढीका आयोजना गर्न लागिएको प्रदेश स्तरीय कार्यकर्ता भेला समेत स्थगित भएको बताइएको छ।

बैठकमा सदस्यहरूले अध्यक्ष थापासंग 'प्रदेश इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टसंग बैठकका विषयमा किन छलफल नगरेको ?' भन्दै आक्रोश पोखेका थिए। बैठकमा केही प्रदेश इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको जानकारी बिना नै बैठक बोलाएकोमा आपत्ति जनाएपछि बैठक नै स्थगित गरिएको बताइन्छ।

प्रधानमन्त्री नआउने बुझेपछि अध्यक्ष थापा काठमाडौ गएर प्रधानमन्त्री ओलीलाई सहमत गराउने प्रयास गरे पनि सफल नभएको स्रोतको भनाई छ। नेकपा नेताहरु रावल, भट्ट, थापा र प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशीबीच छलफल भएर प्रधानमन्त्रीलाई धनगढी ल्याउने तय भएको थियो। इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको उपस्थितिमा प्रदेश कमिटीको पहिलो बैठकले पनि प्रधानमन्त्रीलाई धनगढी ल्याउने निर्णय गरेको थियो।

यता, प्रदेश अध्यक्ष थापाले बैठकमा विवाद भएर प्रधानमन्त्री ओलीको धनगढी भ्रमण स्थगित भएको भन्ने हल्ला मात्रै भएको बताए। 'यो दुई सय प्रतिशत झुठा कुरा हो' अध्यक्ष थापाले भने, केही प्राविधिक कारणले मात्रै प्रदेश स्तरीय कार्यकर्ता भेला स्थगित भएको हो र हाललाई प्रधानमन्त्रीको धनगढी भ्रमण पनि स्थगित भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।