सोमबार, भदौ १५, २०८३

सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। 

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

काठमाडौं-सोमबार सुन तीन हजार दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
 
सोमबार चाँदीको मूल्य पनि बढेको छ।आइतबार तोलामा पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भइरहेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Feb 23, 2026| 14:15 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्