सोमबार, फागुन ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

काठमाडौं । एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन खुला गरेको छ।

National life

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर (प्रति कित्ता १०० रुपैयाँ) जारी गर्न स्वीकृति पाएको हो। जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात ९ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ।

प्रभावित क्षेत्रअन्तर्गत ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित बासिन्दाले न्यूनतम १० देखि अधिकतम ४७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० देखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ।

प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा फागुन २५ गते (ढिलोमा चैत १०) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गते (ढिलोमा फागुन २५) सम्म खुला रहनेछ। आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ। पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ।

प्रकाशित: Feb 23, 2026| 08:37 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्