बुधबार, चैत २५, २०८२

युएईले दियो नेपाललाई १०८ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईसँगको टी-२० सिरिज खेली रहेको नेपालले दोस्रो खेलमा १ सय ८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । 

दुबईस्थित आईसीसी एकेडेमिको मैदानमा सुरु भएको खेलमा युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । उनले ४३ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । त्यस्तै सैमन अनवरले १४ र मोहमद बुटाले ११ रन बनाउन बाहेन अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन समकेनन् ।

अभिनास बोहराले कसिलो बलिङ गर्दै ३ विकेट लिए । उनले चार ओभर गर्दै रन खर्चेर तीन विकेट लिएका हु्न । त्यस्तै समान चार ओभर बलिङ गरेका सोमपाल कामीले १५ रन खर्चेर २ विकेट लिँदा सन्दीप लामिछाने १९ रन खर्चेर २ विकेट लिए । ३.२ ओभरन गरेका करन केसीले २२ रन खर्चेर २ विकेट लिए । 
 
सिरिज जित्ने सम्भावना जिवित राख्न नेपाचललाई ‘गर या मर’को अवस्थाको अवस्था छ । नेपालले यो खेल जित सिरिज एक-एकको बराबरीमा हुने । किनकी नेपालले टी-२० सिरिजको पहिलो खेलमा युएईएसँग २१ रनले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।