काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले टी-२० सिरिज जोगाउन ‘गर या मर’को अवस्थानमा टस हारेर बलिङ गर्ने निम्तो पाएको छ । दुबईस्थित आईसीसी एकेडेमिको मैदानमा नेपालले टस हारेर ‘गर या मर’को अवस्थानमा शृङ्खलाको दोस्रो खेलमा बलिङ गर्न लागेको हो ।
तीन खेलको टी-२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ ।
आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ । पहिलो टि-२० खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै तीन खेलको शृङ्खला एक-एक जीतको बराबरी गर्न चाहन्छ तर, घरेलु टोलीविरुद्ध नेपाललाई जीत निकाल्न निकै कठिन हुनेछ ।
टी-२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म दुई टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिसक्दा कुनै पनि जित्न सकेको छैन् । एक दिवसीय शृङ्खलामा पनि नेपालले पहिलो खेल गुमाएको थियो भने पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शृङ्खला आफ्नो पक्षमा पारेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४