मंगलबार, असोज ६, २०८३

रोनाल्डोले समर्थकको घरमै पुगेर किन मागे माफी?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै चचित खेलाडी हुन् । उनी कहिलेकाही आफ्नो व्यक्तिगत कार्यशैलीका कारण विवादमा आउने गर्दछन् ।

तर, ३३ वर्षीय रोनाल्डो आफ्ना फ्यानहरूप्रति सदैब सजक र सम्मान दर्शाउन पछि पर्दैनन् । कुरा गत जनवरी २२ तारिखको हो । जहाँ सिरी ‘ए’ अन्तर्गत युभेन्टस घरेलु मैदानमा चिइभोविरुद्ध भएको थियो । उक्त खेल युभेन्टसले ३-० ले जित्यो ।

तर, उक्त खेलको ‘वार्म अप’का बेला रोनाल्डोले हानेको बलले नजिकै दर्शकदीर्घामा रहेकी एक महिला दर्शकलाई लागेको थियो । उक्त बलले महिला दर्शकको अनुहारमा लाग्दै उको चस्मा फुट्ना साथै नाकबाट रगतसमेत बगेको थियो ।

त्यतीबेला रोनाल्डोले कुनै प्रतिक्रिया दिएनन् । तर, त्यसको ८ दिनपछि रोनाल्डोले ती युवतीको ठेगाना पत्ता लगाएर भेट्न उनकै घरमा पुगे । उनीसँग भेटेर रोनाल्डोले आफूले हानेको बल लागेकोमा क्षमा माग्दै, उनीसँग सेल्फी खिचे । 

त्यत्ति मात्रै हैन, रोनाल्डोले चिइभोविरुद्ध खेल्दाकै आफ्नो ७ नम्बर जर्सीमा हस्ताक्षर गरेर उपहार दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।