बिहीबार, भदौ ४, २०८३

अफगानिस्तानबाट काठमाडौं आइपुगे १२७ नेपाली

अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।

उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल ल्याएको हो। चार्टर्ड विमानमार्फ् उनीहरूलाई कुवेत हुँदै त्यहाँबाट नेपाल ल्याइएको जनाइएको छ।

उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान नेपाल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागतमा काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। 

उनीहरूलाई एयर्पोर्टबाट सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लग्ने छ। उनीहरूलाई आजै एन्टिजेन्ट परीक्षण गरेर स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाइने नेपाली सेनाले जनाएको छ।

प्रकाशित: Aug 17, 2021| 11:44 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।