बिहीबार, भदौ ४, २०८३

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

झापा- झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ। कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए।

झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए।

आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए। त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आव २०७७/७८ मा  तीन करोड ६९ लाख ५३ हजार ५०० राजश्व सङ्कलन गरेको छ। ट्राफिक नियम उलङ्घन गर्ने बस, ट्रक, ट्र्याक्टर, कार, मोटरसाइकल, टेम्पोलगायतका ५३ हजार १०० सवारी साधनलाई कारवाही गर्दा उक्त रकमको राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ। राससबाट


प्रकाशित: Aug 17, 2021| 11:30 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।