शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टीकापुर हत्या काण्ड : जाहेरवाला र प्रत्यक्षदर्शीको बक पत्र गराउन आदेश 

टीकापुर हत्या काण्ड : जाहेरवाला र प्रत्यक्षदर्शीको बक पत्र गराउन आदेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको टीकापुर घट्ना सम्बन्धी मुद्दा करिव ४१ महिना पछि पेशीमा चढेको छ। 

कैलाली जिल्ला अदालतमा बिहीबार पहिलो पटक पेशीमा चढेको मुद्दामा जाहेरवालालगायत घट्नास्थल तथा बस्तुस्थिती मुचुल्कामा कागज गर्ने व्यक्तिलाई बकपत्र गर्न आदेश भएको छ। 

जिल्ला न्यायधिश प्रशुराम भट्टराईको इजलाशले जाहेरवाला नौ, घट्नास्थलमा कागज गर्ने २३ र वस्तुस्थिती मुचुल्कामा कागज गर्ने १२ गरी ४४ लाई बुझ्न बाँकी रहेकोले अदालतमा उपस्थिती भएर बकसपत्र गराउन आदेश दिएको हो।

घट्नाका बारेमा उनीहरुसँग बुझ्न जरुरी भएकाले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २१ दिन भित्र जिल्ला अदालतमा उपस्थिती गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाई बकपत्र सम्पन्न भएपछि पेश गर्नु भनि आदेश भएको जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए।
 
टीकापुरमा २०७२ साल भदौं ७ गते भएको घटनाका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । उक्त घट्नामा कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योगमा मुदा दर्ता भएको छ।

रेशमलाल चौधरीलाई मुख्य अभियुक्त बनाउँदै दायर मुद्दामा हाल २७ अभियुक्त पुर्पक्षका लागि थुनामा छन्। २७ मा रेशम र लक्ष्मण चौधरी काठमाण्डौ, दुई नाबालाक पोखरा सुधारगृहमा तथा २३ कैलाली कारागारमा छन् । लक्ष्मणलाई उपचारका लागि काठमाण्डौ पठाईएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।