शुक्रबार, साउन १५, २०८३

डेब्यु खेलमै सन्दीपले पुरा गरे अर्धशत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- युएईसँगको जारी टी-२० सिरिजके पहिलो खेलबाट राष्ट्रिय टोलीको टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीप जोराले अर्धसतक पुरा गरेका छन् । यसअघि टस हारेर ब्याटिङ गरेको युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउनले क्रमममा सन्दीपले आफ्नो डेब्यु खेलमा नै अर्धशतक पुरा गरेका हुन् ।  

उनले ४२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । सन्दीपले भरखरै सम्पन्न युएईएसँगको एकदिवसीयबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । एकदिवसीय डेब्यु खेलमा पाँचौ नम्वरमा ब्याटिङ गर्न मैदान गएका उनले लोभलाग्दो प्रदर्शन गरे । 

यो पनि पढ्नुस् : राष्ट्रिय टोलीमा उदाएका अर्का सन्दीप

उनले मात्र २० बल खेल्दै एक चौका र एक छक्का प्रहार गर्दै १९ रन जोडेका थिए । सुदुर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिकामा बस्दै आएका जोरा अण्डर-१९ राष्ट्रिय टोली र घरेलु टी-२० प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा परेका हुन् । 

गएको सेप्टेम्बरमा भएको यु-१९ एसिया कपमा छनोट भएपछिको पहिलो खेलमा उनले युएईविरुद्ध ७४ बलमा ७६ रन बनाएर आफ्नो प्रतिभा देखाएका थिए । त्यस्तै भारतविरुद्ध पनि २० बलमा २० रन बनाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।