शुक्रबार, साउन १५, २०८३

केसीको समर्थनमा चिकित्सकहरु सडकमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशभरका चिकित्सकहरु सडकमा उत्रिएका छन्। सरकारले समस्या समाधानका लागि पहल नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन्। 

नेपाल चिकित्सक संघको अगुवाइमा सरकारलाई दबाब दिन बिहीबार माइतीघर मण्डलामा बृहत सभा तथा प्रदर्शनी गरिएको छ। प्रदर्शनमा चिकित्सकसँगै नागरिक अगुवाहरुको समेत सहभागीता रहेको थियो। 

संघकाका अध्यक्ष डा मुक्तिराम क्षेष्ठले सरकारले डा केसीको मागलाई उपेक्षा गरेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए। उनले मागको सुनुवाई नभए आन्दोलन झनै शसक्त पार्ने चेतावनी दिए। चिकित्सकहरुको सामान्य आन्दोलनलाई कमजोरीका रुपमा नबुझ्न पनि उनले आग्रह गरेका छन्। 

डा केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बिहीबार २३ दिन पुगेको छ। तर, सरकारले वार्ताका लागि आजसम्म पहल गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।