बुधबार, चैत २५, २०८२

नेपाल टस जितेर फिल्डिङ गर्दै, तीन खेलाडी डेब्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईसँगको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा  सुरु भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । 

यससँगै नेपालले टी-२० अन्तर्राष्ट्रियमा तीन नयाँ अनुहारलाई समावेश गराएको छ । मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडल र सन्दीप जोरासँगै तीव्र गतिका बलर अभिनाश बोहोराले डेब्यु गर्ने भएका छन् । 

अभिनाशको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हो भने सन्दीप जोराले यसअघि यूएईविरुद्ध एकदिवसीय सिरिजको तेस्रो खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । रोहितले भने पछिल्लो एक वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले दोस्रो खेलमा अर्धशतक बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी पनि बनेका थिए ।

यसअघि नेपालले युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा २-१ ले पराजित गर्दै ऐतिहासिक सफलता हात पाको थियो । सिररिजको पहिलो खेल ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको थियो । त्यस्तै तेस्रो अर्थात निर्णायक खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै सिरिज जित्न सफल भएको थियो ।

टी-२० पहिलो खेलका लागि नेपाली टोली :

पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, वसन्त रेग्मी, सन्दिप जोरा, रोहित पौडेल र अभिनाश बोहोरा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।