बुधबार, चैत २५, २०८२

नेपालको टी-२० सिरिज : यस्तो छ खेल इतिहास 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- गत मार्चमा नेपालले एकदिवसीय मान्यता पाएपछि गुमाएको टी-२० मान्यता समेत स्वत पायो । सोहि मान्यतालाई जोगाही राख्न नेपालले लामो समय पछि अन्तर्राष्ट्रिय टी-२० सिरिज पहिलो पटक खेल्दै छ । झण्डै तीन बर्ष पछि नेपाली टोलीले पहिलो पटक टी-२० अन्तर्राष्ट्रि प्रतियोगिता खेल्दै छ । 

युएईसँगको यो टी-२० सिरिज भने नेपालको तेस्रो टी-२० अन्तर्राष्ट्रिय सिरिज हो । अहिले सम्म टी-२० सिरिज जित विहिन नेपालले यो सिरिज जिते पुनः इहितहास रच्ने छ । नेपालले युएईसँग पछिल्लो पटक सन् २०१४ को विश्वकप अघि टी-२० खेल खेलेको थियो । विश्वकपको अभ्यासका रुपमा खेलेको उक्त खेलमा भने नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।

सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । पहिलो पटक टी-२० विश्वकपमा सहभागिता जनाउँदै नेपालले उत्ष्कृट प्रदर्शन गर्यो । उक्त उत्कृष्ट प्रदर्शन कै कारण आईसीसीले नेपाललाई त्यसै वर्ष टी-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । त्यसपछि नेपालले दुई देशसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्यो । 

तर, कुनै सिरिज नित्न सकेको र्छैन । आईसीसीले टी-२० अन्तर्राष्ट्रिय मान्यता दिए लगत्तै नेपालले हङकङसँग ४ टी-२० सिरिज खेल्ने मौका पायो । जुन सिररिज श्रीलंकामा भएको थियो । तर, वर्षाका कारण सिरिजका तीन खेल स्थगित भए । सिरिजको अन्तिम खेलमा हङ्कङसाग पराजित हुँदै नेपालले पहिलो आईसीसी टी-२० अन्तर्राष्ट्रिय सिरिज १-० ले गुमायो । 

त्यसपछि सन् २०१५ मा नेपालले नेदरल्यान्डसँग थप ४ टी-२० सिरिज खेल्ने अवसर पायो । जुन सिरिज टी-२० विश्कप छनोट अघि अभ्यासको रुपमा पाएको थियो । तर, त्यो सिरिज नेपालले ३-१ ले गुमाएको थियो ।

सन् २०१५ मा टी-२० विश्वकप छनोट खेल्दा नेपालले खराब प्रदर्शन गर्यो । जहाँ खराब प्रर्दशन गर्दै नेपाल छनोटको समूह चरणबाटै बाहिरियो । अनि आईसीसी टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको एक बर्षमै नेपालले टी-२० मान्यता गुमायो । 

त्यसपछि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय टी-२० प्रतियोगिता खेल्न पाएन र घरेलु फ्रेन्चाइन टी-२० प्रतियोगितामा चित्त बुझाउनु पर्यो । त्यस्तै घरेलु प्रतियोगिता डीपीएल, इपीएल जस्ता प्रतियोसिगताहरु खेलेका कारण टी-२० प्रदर्शन पनि उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ । 

२९ जुलाई २०१८ मा नेपालले नेदरल्यान्ड र एमसिसिसँग त्रिकोणात्मक टी-२० सिरिज लर्ड्समा खेल्ने मौका पाएको थियो । वर्षाले प्रभावित हुँदा ६ ओभरमा झारिएको खेलमा नेपालले एमसिसिलाई ९ विकेटले पराजित गरयो । त्यसै दिन नेपाल र नेदरल्यान्डबीचको दोस्रो खेल वर्षाको कारण पुरा हुन सकेन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।