मंगलबार, पुस २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज को १२औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज को १२औं वार्षिक साधारण सभा सम्पन्न

 |  सोमबार, पुस २८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०८२

काठमाडौं- नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनःपुष्टि गरिएको छ।

National life

सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। (NICCI) का अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पुर्‍याउँदै आएको सहयोगको महत्व उल्लेख गरे।

वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि  संजय अग्रवाल पुनःअध्यक्षमा निर्वाचित भएका छन। उहाँको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ। सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि (NICCI) का रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय-देखि-व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा(NICCI) को भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रमका भिनोद सग्तानीलाई 'Member of the Year 2025'  को सम्मान पाए भने कल्याण सिलवालले 'NICCI CSR Community 2025 Award' पाए नेपाल र इटालीबीच व्यापार-व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्य राख्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

प्रकाशित: Jan 12, 2026| 13:50 सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्