बुधबार, चैत २५, २०८२

नेपाललाई दोस्रो ऐतिहासिक सिरिज जित्ने अवसर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेसँगै अर्को टी-२० सिरिज जित्ने अवसर रहेको छ । 

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने युएईसँगको तीन खेलको सिरिर जित्ने अवसर रहेको हो । युएईसँगको टी-२० सिरिजको पहिलो खेल आजा (बिहिबार) खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेबाट सुरु हुँदै छ ।
 
भरखरै सम्पन्न एकदिवसीय सिरिजका २-१ ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको नेपाल यस सिरिजमा पनि उच्च मनोबलकासाथ मैदानमा उत्रिने । तर, यता युएई भने एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला लिने दाउँमा रहने छ । 

सिररिजको पहिलो खेल ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको थियो । त्यस्तै तेस्रो अर्थात निर्णायक खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै सिरिज जित्न सफल भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।