शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौतम बुद्ध क्रिकेट रंगशालाको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने

गौतम बुद्ध क्रिकेट रंगशालाको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरेसँगै रंगशालाको उद्घाटन खेलमा भारत र पाकिस्तानबीचको खेल गराउने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छिन् । 

धुर्मुस सुन्तली फाउण्डेशनले २ बर्षभित्र तयार गराउने योजना रहेको उक्त रंगशालको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच हुने मेयर दाहाले बताएकी हुन् ।
 
भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो नरहेको र एक अर्काको देशमा गएर क्रिकेट खेल्ने अवस्था नरहेका कारण नेपाल दुवै देशका लागि उपयुक्त स्थान रहेको बताईन् । 

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा चितवनको भरतपुर-१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ । रंगशाला निर्माण गर्न अनुमानित खर्च ३ अरब लाग्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।