काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार पनि संसद अवरोध गर्ने भएको छ।
कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकले बिहीबार पनि संसद् चल्न नदिने निर्णय गरेको हो। सरकार र सभामुखले अधिकतम शक्तिको दुरुपयोग गरेको भन्दै बिहीबारको संसद पनि चल्न नदिने बताएको छ।
डा गोविन्द केसीसँग भएका सम्झौताका कतिपय विषय उल्ट्याएको र शक्तिको दुरुपयोग गरेको भन्दै भोलीको संसद पनि अवरोध गर्ने कांग्रेसले जनाएको छ।
यसअघि पूर्वप्रधानमन्त्री तथा पार्टीका पूर्वसभापतिहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको थियो।
कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले शुक्रबार चिकित्सा शिक्षा विधेयक पास गरेको थियो। त्यसपछि सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुवै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४