काठमाडौं- धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउण्डेशनले रंगशाला चितवनको भरतपुरमा निर्माण गर्ने घोषणा गरेको हो ।
फाउण्डेशनले बुधबार एक कार्यक्रमको आयोजना गर्दै भरतपुर महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । अनुमानित ३ अरब खर्च लाग्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुनेछ ।

क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला रंगशाला मौलिक डिजाइनमा निर्माण हुनेछ । यससँगै रंगशाला परिसरमा फुटबल रंगशाला समेत बन्नेछ फाउण्डेशनले जनाएको छ ।
रंगशाला जनताको सहयोग (चन्दा) संकलन गरेर निर्माण गरिने फाउण्डेशनले जनाएको छ । रंगशाला घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, हास्यकलाकार मदन कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४