शुक्रबार, साउन १५, २०८३

‘प्रदेश २ को राजधानी जनकपुर नै हुन्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन्। भौतिक पूर्वाधार र आठ जिल्लाको पहुँचको आधारमा सुगम रहेकोले प्रदेशको राजधानी जनकपुरमै हुने निधिले ठोकुवा गरे।

‘राजधानीको लागि जनकपुरमा पूर्वाधारहरु तयार भइसकेको छ,’महोत्तरीको जलेश्वरस्थित कांग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा निधिले भने,‘जनकपुरबाहेक अन्य स्थानमा राजधानी बनाउनबारे सोच्न सकिँदैन्।’

संघीय सरकारक एक मन्त्रीले जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने नाउँमा पूर्वाधार समाप्त पारेर राजधानी अन्यत्र सार्ने षडयन्त्रमा लागेको निधिको आरोप छ।

उपसभापति निधिले प्रदेश २ को नाम मिथिला-भोजपुरा हुनुपर्ने धारणा राखेका छन्। मिथिलाको आफ्नै संस्कृति र महत्व रहेको बताउँदै प्रदेश २ को ८ जिल्लाले मिथिलाको प्रतिनिधित्व गरेको हुँदा मिथिला छोड्न नहुने निधिले उल्लेख गरे। झापादेखि कञ्नपुरसम्म मधेश रहेपनि सबै ठाउँमा मिथिला नरहेकोले छोड्न नमिल्ने उनको भनाइ थियो।

यसैगरी निधिले मुलुकमै सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेको र मैथिली भाषीको संख्या प्रदेश २ मा रहेकोले पहिलो भाषा मैथिली र दोस्रो भोजपुरी राख्न सकिने बताएका छन्।

सार्वजनिक हितका विषयमा आफूहरुले प्रदेश सरकारलाई सहयोग गर्दै आइरहेको उल्लेख गर्दै निधिले संघीय सरकार झैँ गरे असहयोग गर्न बाध्य हुने चेतावनी दिए ।
फरक प्रसंगमा उपसभापति निधिले केपी ओली नेतृत्वको सरकार गणतन्त्र, संघीयता र मधेश विरोधी रहेको मार्शल लगाएर जबरजस्ती विधेयक पारित गराउने कार्यले पुष्टि गरिसकेको बताए।

सरकारले एउटा माग पुरा गर्दैमा आफूहरु पछि नहट्ने बताउँदै निधिले २१ माघमा पार्टीले आह्वान गरेको आन्दोलन सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।