काठमाडौं- न्यु डायमन्ड एकेडेमीलाई होङ्गगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ । होङ्गगान्जी बौद्ध समाजले न्यु डाइमन्डलाई एक बर्षका लागि १५ लाख बराबरको प्रायोजन गरो हो ।
सम्झौतामा न्यु डायमन्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली र होङ्गगान्जीका कन्ट्री म्यानजेर सोनाम वाङ्दी भुटियाले बुधबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अब न्यु डायमन्डले आयोजना गर्ने तेस्रो संस्करणको ‘होङ्गगान्जी न्यु डायमन्ड कप’ खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कारको ७ लख २ हजार रुपैया उपलब्ध गराउनेछ ।
त्यस्तै खेल पोशाकका लागि आजकै मितिबाट लागु हुनेगरी ३ लाख रुपैया र अन्य विविधको ५ लाख रुपैया आवश्यकता अनुसार उपलब्ध गराउने सम्झौता पत्रमा खेलिएको छ ।
न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले होङ्गगान्जी न्यु डायम्नडसँग जोडिन क्लबको लागि गौरवको विषय रहेको बताए । न्यु डायमन्डले यसअघि शिवम् सिमेन्टको मुख्य प्रायोजनमा पहिलो संस्करण तथा होङ्गगान्जीको मुख्य प्रायोजनमा दोस्रो संस्करण आयोजना गरिसकेको छ ।
पहिलो संस्करणमा न्यु डायमन्ड र दोस्रो संस्करणमा नेपाल एपीएफ च्याम्पियन बन्न सफल भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४