शुक्रबार, साउन १५, २०८३

'सहिदहरुको बलिदानीले लोकतन्त्र विरोधी परास्त' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले सहिदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधीशक्तिहरु परास्त भएको बताएका छन् ।

सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सहिदको बलिदानीले ल्याएको लोकतन्त्रको रक्षा गर्ने कर्तव्य सबैको भएको उल्लेख गरेका छन् । 

राणा शासन विरुद्धविं सं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको बलिदानीले  नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताएका छन् । 

'पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै   नेपाली समाज  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँयुगमा आइपुगेको छ' उनले सन्देशमा भनेका छन् ' राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।'

दशकौं अघि क्रान्तीवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।  प्रधानमन्त्री ओलीले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा सहिदहरुप्रति सच्चा श्रद्धान्जली व्यक्त गरेको ठहरिने जनाएका छन् । 'यस  परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रुपान्तरणको प्रकृयामा सहभागी भई नेपाल आमाका ती महान सपुतहरुप्रति साँचो अर्थमाश्रद्धाञ्जलि अर्पण गर्न सबैमा आव्हान गर्दछु ' प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।