बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज : पहिलो खेलमा पाकिस्तान विरुद्ध नेपाल १० विकेटले विजयी

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज : पहिलो खेलमा पाकिस्तान विरुद्ध नेपाल १० विकेटले विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाकिस्तान- विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलवार पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

लाहवरस्थित किन्नर्ड दकलेजको क्रिकेट मैदानमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली पाकिस्तान ५३ रनमै अलआउट भएको थियो। पाकिस्तानले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभर खेल्दै कुनै विकेट नगुमाई पूरा गरेको हो।

विनिताले पहिलो ओभरकै सुरुवाती तीन बलमा चौका प्रहार गर्दै नेपाललाई शानदार सुरुवात दिलाएकी थिइन्। नेपालले पहिलो ओभरमै २० रन जोडेको थियो। 
नेपालको जितमा विनिता सर्वाधिक २८ रन बनाइन्। १९ बल खेलेकी उनले ५ चौका समेत प्रहार गरिन्। यस्तै मनकेसीले १४ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट १९ रन बनाइन्।

पाकिस्तानका लागि किरन रफिकले सर्वाधिक ९ रन बनाउदा ४ खेलाडीले खाता समेत खोल्न सकेनन्। पाकिस्तानले १६ रन अतिरिक्तबाट पाएको थियो।
उत्कृष्ट बलिङ गरेको नेपालको लागि सरिता घिमिरे र भगवती अमगाईले १-१ विकेट लिइन् भने पाकिस्तानका ८ खेलाडी रनआउट भएका थिए। विकेटकिपर मनकेसी चौधरी र सरिता घिमिरेले समान ४ रनआउट गरे।

उत्कृष्ट फिल्डिङ गर्दै १ विकेट लिनुका साथै चार रनआउट गरेकी सरिता खेलको प्लेअर अफ दि म्याच घोषित भइन्। यस्तै नेपालको जितमा ब्याटिङमा २८ रन बनाएकी विनिता भ्यालुएबल प्लेअर बनिन्। सरिताले नगद १५ हजार पाकिस्तानी रकम हात पारिन् भने विनिताले ५ हजार पाकिस्तानी रकम प्राप्त गरिन्।

खेलपछि नेपालकी कप्तान भगवती भट्टराईले पाकिस्तान विरुद्ध खेल्नु अघि केही डर लागेको भएपनि खेलपछि सबै डर हटेको बताइन्। 'पाकिस्तानको टिम नयाँ थियो, ६ महिनाअघि मात्र उनीहरुले टिम बनाएका थिए। कस्तो खेल्छ के गर्छ भन्ने थियो। उनीहरुले पनि राम्रो क्रिकेट खेले। हामीले त्यो भन्दा राम्रो खेलेर खेल जित्यौँ। सबैले उत्कृष्ट क्रिकेट खेले।'

अबको खेलहरुमा पनि नेपालले अझै उत्कृष्ट खेल प्रदर्शन गर्ने उनले बताइन्। यस्तै पाकिस्तानी टिमका कप्तान रबिअ शेहजादीले पहिलो खेल भएका कारण आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताइन्।

'यो हाम्रो पहिलो खेल थियो। आजको खेलमा हामीले धेरै गल्तीहरु गर्‍यौँ। अब त्यो गल्तीबाट पाठ सिक्नेछौँ र आगामी खेलहरुमा पुनरागमन गर्ने प्रयास गर्नेछौँ।' 'यो खेल हाम्रो लागी सिक्ने अवसरको रुपमा रह्यो।'

यस्तै प्लेअर अफ दि म्याच विनिताले आगामी खेलहरुमा अझै राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिइन्। पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजको पहिलो खेलमा नेपालका नहेन्द्र निरौला पनि अम्पाएरका रुपमा थिए। उनले लेग अम्पाएरको भूमिका निर्वाह गरेका थिए।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा विश्वमै पहिलो पटक नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीबीच अन्तर्राष्ट्रिय सिरिज भएको हो।
सिरिजअन्तर्गत अबका खेलहरु फैसलावाद र इस्लामावादमा हुनेछ। दोस्रो खेल बिहीवार फैसलावादमा हुनेछ। नेपाली टोली वुधवार लाहोरबाट फैसलावाद जानेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।