आइतबार तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुलमा भित्रिँदा आतंक र अस्तव्यस्तासहित भित्रिए। उनीहरुको प्रवेशसँगै दुई दशक लामो अफगान सरकारको मात्र होइन, त्यति नै लामो अमेरिकी युगको पनि अन्त्य भयो। क्रमिक रुपमा भएको यो घटना उत्तिकै विस्मात पार्ने खालको थियो।
राष्ट्रपति अशरफ गनीले देश छोडेका छन्। पूर्व–राष्ट्रपति हामिद कारजाइसहितको अफगानी अधिकारीहरुको परिषद्ले विद्रोहीको कब्जाको बारेमा तालिवानसँग खुला सम्झौता गर्ने बताएका छन्। आइतबारको दिन ढल्दासम्म विद्रोहीहरुले देश पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिइसकेका थिए।
गत साता तालिवानीहरुको हिंसात्मक गतिविधिले ग्रामीण तथा सहरी इलाकामा लिएको गतिले अमेरिकी सेना तथा सरकारलाई कमजोर बनाइदिएको थियो।
हतार–हतार गरिएको व्यवस्थामा अमेरिकी सेनाका हेलिकोप्टरले काबुलमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी कुटनीतिज्ञ, दूतावासका कर्मचारीलाई काबुलको सैन्य आधार शिविरमा लगेको थियो। तर सैन्य विमानस्थल नजिकै रहेको नागरिक विमानस्थलमा भने सर्वसाधारण आफ्ना परिवारलाई व्यावसायिक उडानको टिकट दिलाउन रोइकराइ गरिरहेका थिए। यद्यपि धेरै सैन्य उडानको अपेक्षामा प्रतीक्षारत थिए।
प्रजातान्त्रिक अफगानिस्तान बनाउने क्रममा २४ सयभन्दा बढी अमेरिकी सेनाले ज्यानको आहुती दिए भने कैयौं हजार घाइते भए। त्यस्तै, द्वन्द्वका क्रममा दशौं हजार नागरिकको ज्यान गएको छ भने हजारौं आफ्नो थालथलोबाट विस्थापित भएका छन्।
यदाकदा चल्ने गोलीको विष्फोटसँगै अमेरिकी ‘चिनोक’ र ‘ब्लाक हक’ हेलिकोप्टरको गति तथा सहर छाड्न चाहनेहरुको चापले बाटोमा गाडीहरुको जाम भयो। अलकायदाका विद्रोहीले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा हमला गरेपछि अमेरिकी सेनाले अलकायदालाई निमिट्यान्न पार्न अफगानिस्तानमा आक्रमण गरेको थियो। तर, अमेरिकाको राष्ट्र निर्माणको अभ्यास गलत तथा विरोधाभाषपूर्ण नीतिले गर्दा ध्वस्त भयो किनभने अमेरिकी सैन्य योजनाकारहरुले विद्रोहीको शक्तिलाई कम आँके।
प्रजातान्त्रिक अफगानिस्तान बनाउने क्रममा २४ सयभन्दा बढी अमेरिकी सेनाले ज्यानको आहुती दिए भने कैयौं हजार घाइते भए। त्यस्तै, द्वन्द्वका क्रममा दशौं हजार नागरिकको ज्यान गएको छ भने हजारौं आफ्नो थालथलोबाट विस्थापित भएका छन्।
पछिल्ला केही दिनमा तालिवान काबुलको निकट आउँदै गरेपछि हजारौंले सहर छाडेका थिए। पछिल्ला केही वर्षमा युद्धको भार अफगान सैन्यको काँधमा आएको थियो। तर ८३ बिलियन डलर खर्चमा अमेरिकी सेनाले दिएको सहयोग र सामग्रीले पनि देशको रक्षा गर्न सक्षम सेना बनाउन सकेन।
जब पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई अफगानिस्तानबाट सेना फिर्ता बोलाउने घोषणा गरे र सो घोषणालाई राष्ट्रपति जो वाइडेनले पनि दोहो¥याए, त्यसले अफगानीहरुको आत्मवल गिराइदियो।
वासिङ्टनका अधिकारीहरु के बताउँछन् भने अन्तिम अवस्थाका दृश्यले वाइडेन प्रशासन आश्चर्यमा परेको छ र के आकलन गरिएको छ भने वाइडेन इतिहासमा धुमिल राष्ट्रपतिको रुपमा रहने त छैनन् जसले अफगानिस्तानको अध्यायलाई लज्जाजनक रुपमा सम्पन्न गरे।
अहिले एक्कासि अफगानिस्तानले फेरि तालिवानको वर्चश्वलाई स्वीकार गर्नुपरेको छ। हालैमा तालिवानले कब्जा गरेको स्थानमा उनीहरुले देखाएको व्यवहारले उनीहरु अझै पनि कठोर इस्लामिक कानुनको पक्षमा रहेको र सन् १९९० को दशकको विषेशतालाई निरन्तरता दिइरहेको देखिन्छ।
काबुलको केन्द्रमा, मानिसहरुले भित्तामा विज्ञापनहरु पोत्न थालेका थिए र ब्युटी सलुनहरुमा महिलाका पोस्टर टाँसिन थालेको थियो। तालिवानको पुनरागमनले विज्ञापनमा मानिसको प्रयोग र महिलालाई सार्वजनिक रुपमा चित्रित गर्न नपाउने डर पैदा गरेको छ।
सोमबार बिहान ६:३० बजे तालिवानले जारी गरेको विज्ञप्तीमा उनीहरु सरकारी सुरक्षा दस्ताले छोडेका क्षेत्रमा सुरक्षाका लागि अघि बढ्दै गरेको बताएका थिए। तालिवानका प्रवक्ता जबिउल्ला मुजाहिदले सो जानकारी ट्विट गरेका थिए।
खाली गरिएको राष्ट्रपति भवनमा आयोजित प्रेस ब्रिफिङको अल जजिराले रिपोर्ट गरेको थियो, जहाँ तालिवानका योद्धाहरु आक्रमणकारी हतियारसहित उपस्थित थिए। अल जजिराको रिपोर्टअनुसार उनीहरुले आफूहरु कतारमा रहेको तथा राजधानीबाहिर रहेका नेताको सुरक्षित आगमनको लागि काबुलको सुरक्षामा खटिएको बताए।
सोमबार बिहान ६:३० बजे तालिवानले जारी गरेको विज्ञप्तीमा उनीहरु सरकारी सुरक्षा दस्ताले छोडेका क्षेत्रमा सुरक्षाका लागि अघि बढ्दै गरेको बताएका थिए। तालिवानका प्रवक्ता जबिउल्ला मुजाहिदले सो जानकारी ट्विट गरेका थिए।
तालिवानद्वारा जारी गरिएको विज्ञप्तिमा नागरिकलाई घात नगर्न र तिनका घरमा नपस्न भनिएको छ। ‘हाम्रो सेना होसियारी साथ काबुल छिर्दैछ,’ विज्ञप्तिमा भनिएको छ।
काबुलमा अन्धकार छाएपछि अमेरिकी दूतावासले काबुलमा भएका अमेरिकीहरुलाई विमानस्थलमा नगई जहाँ बसिरहेको हो, त्यही ठाउँमा सुरक्षित रुपमा रहन आग्रह गरेको छ। विमानस्थलमा रहेका प्रत्यक्षदर्शीहरुले नजिकैका स्थानबाट फाटफुट गोलीको आवाज आइरहेको बताएका छन्।
हजारौं मान्छे विमानस्थलमा जम्मा भएका छन् र त्यहाँबाट उम्कने प्रतीक्षामा छन्। काबुलको केन्द्रमा भएको सुरक्षित क्षेत्रभित्र हतियारसहितका कारमा कूटनीतिज्ञहरु, सहायता कर्मचारी र निजी सुरक्षाकर्मीहरु सुरक्षित अमेरिकी सैन्य आधारतर्फ हतारिँदै थिए ताकि त्यहाँबाट हामिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलसम्म सुरक्षित रुपमा जान सकियोस्।
त्यस्तै, विदेशीमाझ चर्चित सेरेना होेटेलमा पनि जानेहरुको पनि भीड थियो।
अमेरिकी तथा नेटोका सेनाहरु मे महिनामा घर फर्केसँगै अफगानिस्तानको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको थियो। कतिपय अवस्थामा सेनाले एउटा गोली पनि खर्च नगरी आत्मसमर्पण गरे। धेरैले तालिवानलाई सुरक्षित रुपमा जान दिए र उनीहरुले पैसा पनि उपलब्ध गराए र उनीहरुले छोडिएको हतियार र औजारहरु जफत गरे।
‘पछिल्ला केही साता हामीले देखिरहेको अवस्था आउनमा अफगान सेनाहरुको महत्वपूर्ण भूमिका छ। उनीहरु आफ्नो देशको रक्षा गर्न असमर्थ भए,’ अमेरिकाका गृहमन्त्री एन्थोनी ब्लिनकेनले आइतबार भने।
अमेरिकी दूतावास आइतबारदेखि बन्द गरिएको छ र संवेदशील दस्तावेजहरुलाई नष्ट गरिएको अधिकारीहरुले बताएका छन्। अमेरिकाको झण्डालाई उतारिएको छ र सैन विमानस्थलमा स्थानान्तरण गरिएको छ।
अमेरिकी दूतावास नजिकैको नेटोको सहयोग स्थलका रुपमा उपयोग भएको स्थानमा हेलिकोप्टरहरु लगातार उडिरहेका छन् र सुरक्षित क्षेत्रमा भएका मानिसहरुलाई उद्धार गरिँदै छ।
अवतरण क्षेत्रमा विभिन्न देशका भेषभूषा लगाएका मान्छेहरुले भरिएका छन्। संयुक्त राष्ट्र संघीय सहायता नियोगको कार्यालयलाई विमानस्थलसँगै सारिएको छ।
जसै एकपछि अर्को हेलिकोप्टरहरु ल्याण्ड हुन्छन्, सेनाका जवानहरुले मानिसहरु सलाईको जत्रो बट्टामा आवाजबाट कान जोगाउने बुझो दिएर हेलिकोप्टरमा लान एकत्रित गरिरहेका छन्। उड्न पाउनेहरुले हातमा लगाउने विषेश चुरा पाएका छन्, जो उनीहरु गैरसैनिक भएको परिचय हुनेछ।
तर लाखौं अफगानीहरु जसमध्ये हजारौंले वषौंदेखि अमेरिकी सेनालाई सघाए उनीहरुका लागि कुनै त्यस्तो विषेश व्यवस्था हुने छैन। तिनीहरु त्यसै पिल्सिने छन्।
अमेरिकी दूतावास आइतबारदेखि बन्द गरिएको छ र संवेदशील दस्तावेजहरुलाई नष्ट गरिएको अधिकारीहरुले बताएका छन्। अमेरिकाको झण्डालाई उतारिएको छ र सैन विमानस्थलमा स्थानान्तरण गरिएको छ।
वाइडेन प्रशासनलाई के डर छ भने सन् १९७५ मा भियतनाम युद्धबाट फिर्दै गर्दा राजधानी साइगनको घरका छानाबाट अमेरिकी तथा आफ्ना पक्षका सेनालाई उद्धार गरिएजस्तो दुखद अवस्था हुने त होइन।
हजारौं अफगानीहरु कार तथा ट्याक्सीमा आफ्नो सरसामानसहित एयरपोर्टतिर दौडिएपछि सडक गञ्जागोल भएर गाडी गुड्न सक्ने अवस्था नै भएन। केही यात्रुहरु आफ्नो गाडी छोडेर सरसामान झुण्ड्याउँदै बिग्रेभत्केको सडकमा हिँड्दै थिए।
काबुलको केन्द्रमा भएको बैंकमा पैसा झिक्नेहरुको भीड लागेपछि सुरक्षाकर्मीले गोली नै चलाउनु परेको थियो। पसलहरु बन्द छन्। मानिसहरुले खाना र आत्यवश्यक सामान पाउन सकेका छैनन्।
मानिसहरुले आफ्नो घर छोडेका छन्। आफ्ना सरसामान सुटकेसमा लादेर उनीहरु जति सक्दो चाँडो सहर छोड्न मान्छेहरुलाई घुस दिइरहेका तथा अनुनयविनय गरिरहेका छन्।
केही प्रहरी अधिकारीहरु आफ्नो औपचारिक पोशाक उतारेर सर्वसाधारणसँगै मिसिएका छन्। न्यु योर्क टाइम्सका एक जना पत्रकारले कयौं प्रहरीहरुले तालिवान विद्रोहीसँग आत्मसमर्पण गरेको देखेको बताए।
सहरको केन्द्रमा रहेको अब्दुल हक चोकमा पाँच जना तालिवान विद्रोही एकत्रित हुँदा कारमा गइरहेका मान्छेले उनीहरुलाई विजयीको भावमा हात उचालेर अभिवादन गरे।
ट्विटरमा सन्देश लेख्दै राष्ट्रपति गनीले देशलाई रक्तपात पूर्ण अवस्थाबाट जोाउन देश छोडेको बताएका छन्। उनले तालिवानलाई अफगानिस्तानको इज्जत र गौरवलाई कायम राख्न पनि अपिल गरेका छन्।
राष्ट्रपति गनी आफ्नी श्रीमती र दुईजना सहयोगीसँग उज्बेकिस्तान गएको कुरा अफगानी अधिकारीले बताएका छन्, जो गत वर्षदेखि तालिवानसँग शान्ति वार्ताका लागि कतारको दोहामा रहेका छन्। उनले आफ्नो परिचय भने सुरक्षाका कारणले खुलाउन चाहेनन्।
पछिल्लो दुई राष्ट्रपतीय निर्वाचनमा गनीका प्रतिद्वन्दी रहेका अब्दुल्लाह अब्दुल्लाहले विषम परिस्थितिमा देश छोडेको भन्दै उनको भर्त्सना गरेका छन्।
अफगानिस्तनको उत्तरी सहर मजार–ए–सरिफ र पूर्वीतर्फको सहर जलालावादमा तालिवानको पकड भएको खबर एक साताअघि मात्र भएको भए त्यो आश्चर्यको कुरा हुने थियो। तर आइतबार केन्द्रिय सरकारले नै घुँडा टेकेपछि ती घटना छायामा परे।
‘उनलाई भगवानले हेर्लान्, अफगानी जनताले पनि आफ्नो निर्णय गर्ने नै छन्,’ अफगान शान्ति वार्ताका अध्यक्ष अब्दुलाहले फेसबुकको भिडियोमा भनेका छन्।
स्वतन्त्र मिडियालाई तालिवानहरुले बन्द गर्लान् भन्ने भय मडारिइरहँदा उनीहरुले राष्ट्रपति भवन कब्जा गरेको दृश्य कैद गर्न सञ्चारकर्मीहरुलाई निम्त्याएका छन्। हल्ला र अफवाहरु फैलिरहँदा सडकहरु डर र आतंकले व्याप्त छ।
‘शुभकामना, तालिवान सहर आइपुगेको छ। हामी भाग्दैछौं,’ अफगान फिल्मकी प्रमुख सअरा करिमीले फेसबुकमा पोस्ट गरेको भिडियोमा भनेकी छिन्। उनले आफू भाग्दै गरेको भिडियो पोस्ट गरेकी छिन् जसमा उनले टाउकोमा स्कार्फ बाँध्दै गरेको र अरुलाई पनि भाग भाग भनेर चिच्याइरहेकी छिन्।
आइतबार बिहानैदेखि वरिष्ठ राजनीतिज्ञहरुले काबुल एयरपोर्ट विमान चढेको देखिएको थियो। बग्राम विमानस्थल आइतबार दिउँसोदेखि तालिवानले नियन्त्रण लिएको थियो भने पूर्वी अफगानस्तानमा भएको प्रान्तिय सहर खोत पनि उनीहरुकै नियन्त्रणमा गएको कुरा अफगानी सञ्चार माध्यमहरुले जनाएका छन्।
अफगानिस्तनको उत्तरी सहर मजार–ए–सरिफ र पूर्वीतर्फको सहर जलालावादमा तालिवानको पकड भएको खबर एक साताअघि मात्र भएको भए त्यो आश्चर्यको कुरा हुने थियो। तर आइतबार केन्द्रिय सरकारले नै घुँडा टेकेपछि ती घटना छायामा परे।
आठ दिनअघि मात्र पश्चिम कुनाको प्रान्तीय सहर जाराङ तालिवानको नियन्त्रणमा गएको थियो। त्यसपछि त एकपछि अर्को सहर तालिवानको नियन्त्रणमा गयो। अमेरिकाद्वारा प्रशिक्षित अफगानी सेनाले आत्मसमर्पण गर्दै गए। भिडियोहरुमा के देखिएको छ भने तालिवान विद्रोहीहरु अमेरिकी हमभी नामक सैनिक गाडीका घुमिरहेका छन् र एम–१६ उचालेर सहर डुलिरहेका छन्।
काबुलको विमानस्थलमा आइतबार उभिएका नौसैनिकले बताए कि उनीहरु ऐतिहासिक क्षणको साक्षी भएका छन्। केही समयअघि मात्र केही मानिस हेलिकोप्टरबाट बाहिरिए, जसले हतार–हतारमा नमिलाईकनै पट्टयाएको झण्डालाई लिएर आएको थियोः जुन झण्डा भर्खरै दूतावासबाट उतारिएको थियो।
- न्युयोर्क टाइम्सका लागि डेभिड जुचिनोले तयार गरेको सामग्रीबाट अनूदित