आइतबार, वैशाख २०, २०८३

सुनको मूल्यमा दैनिक कीर्तिमान

 |  मंगलबार, असोज २१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २१, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज दुई हजार ३०० ले बढेर दुई लाख ३५ हजार ४०० कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।

सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको थियो। गत आइतबार एक तोला सुन रु दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ९३० मा क्रयविक्रय भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: Oct 07, 2025| 11:19 मंगलबार, असोज २१, २०८२
प्रतिक्रिया दिनुहोस्