आइतबार, वैशाख २८, २०८२

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार छापा मारेको छ।
 |  मंगलबार, भदौ १, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

vianetvianet

पर्सा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार छापा मारेको छ। अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौंको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ। 

triton college

अस्पतालद्वारा सञ्चालित फार्मेसीमा ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरिद गरी आर्थिक अनियमिता गरेको उजुरी आयोगमा परेपछि त्यसको छानबिनका लागि छापा मारेको कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए। उनले प्राप्त सूचनाका आधारमा अस्पताल फार्मेसीको गोदाममा जाँच गर्दा भारी परिमाणमा म्याद गुजरीएको विभिन्न औषधि बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

सो फार्मेसीका लागि भएका औषधि खरिद तथा स्वास्थ्य बीमाका बिरामीलाई वितरण गर्ने औषधिमा अनियमिता भएको बारे आफूहरू अनुसन्धान गरिरहेको सूचना अधिकारी सापकोटाको भनाइ छ। उनले फार्मेसीसँग सम्बन्धित अस्पतालको लेखा शाखा तथा स्टोरमा रहेका कागजातलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हेटौंडा लैजाने तयारी गरेको पनि बताए। 

यसअघि सन् २०१९ मा आयोगले सो फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा म्याद समाप्त भएका औषधि बरामद भएको थियो। नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा वीरेन्द्रबहादुर प्रधानले फर्मेसीको गोदाममा म्याद समाप्त भएको औषधिबारे फार्मेसी इञ्चार्ज हरेन्द्र यादवले आफूलाई कुनै जानकारी नदिएको बताए। फर्मेसीसँग औषधि खरिद गर्न रकम नभएको गुनासो आएपछि एक महिना अगाडि मात्र अस्पतालले १० लाख उपलब्ध गराएको उनको भनाइ छ। 

नेपाल सरकारले प्रदान गरेको २० लाख बीउ पूँजीबाट नारायणी अस्पतालमा वि.सं. २०७४ मा फार्मेसी स्थापना भएको थियो। सो फार्मेसीबाट बिरामीलाई आवश्यक पर्ने औषधि नपाएको निरन्तर गुनासो उठ्दै आएको छ।

National life insurance

प्रकाशित: Aug 17, 2021| 07:46 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।